मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आजको मौसम : देशका केही स्थानमा मध्यम वर्षाको सम्भावना



काठमाडौ,१२ असोज । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकि भूभागमा मौसम सफा रहेको छ ।


दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ भने देशको पहाडी भूभागको थोरै स्थानमा र बाँकी भूभागको एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।राती भने देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी र मधेश प्रदेश सहित देशका पहाडी भूभागको थोरै स्थानमा र बाँकी भूभागको एकदुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा र देशका बाँकी भूभागको एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रकाशित मिति : १२ आश्विन २०८०, शुक्रबार  ७ : ३५ बजे