चिकित्सा शिक्षा सम्बन्धी ऐन चाँडै संशोधन हुन्छ : मन्त्री बस्नेत



काठमाडौं । स्वास्थ्य तथा जनासङख्या मन्त्री मोहन बहादुर बस्नेतले चिकित्सा शिक्षा सम्बन्धी ऐन संशोधनको प्रक्रियामा रहेको बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित ‘क्यान्सर उपचारमा नयाँ उपलब्धी’ विषयक कार्यक्रममा उनले एक दशक अगाडिको ऐनले नेपालमा पाँच वर्ष भित्र डाक्टर पाउन समस्या हुने कुरा राखेर प्रधानमन्त्रीलाई मनाई सकेको भन्दै ऐन संशोधनको प्रक्रियामा रहेको बताएका हुन् ।

उनले भने, ‘चिकित्सा शिक्षा ऐनले समस्या परेको छ । म पहिलो व्यक्ति हुँ जसले चिकित्सा शिक्षा ऐन संशोधन गर्नु पर्छ भन्ने राम्रा कुरालाई अङगीकार गर्दै जानुपर्छ छुटेका टुटेका त्रुटि भएका कुरालाई सच्याउँदै जानु पर्छ । एक दशक भईसक्यो भनेर म बोलिरहेको छु । पाँच वर्ष पछि डाक्टर र नर्स नेपालमा पाईँदैन् । प्रधानमन्त्रीले मानि सक्नुभएको छ । प्रक्रिया अगाडि बढेको छ । हामी ऐनलाई संशोधन गर्ने कुरामा तपाईहरुको सुझाव पनि अपरिहार्य छ ।’

हेल्थ केयरको क्षेत्रमा भारतको सहयोग उल्लेखनीय रहेको स्मरण गरे । क्यान्सर जस्तो जघन्य रोगमा विज्ञहरु बसेर नेपालको अवस्था सुधारमा व्यापक छलफल गर्नु पर्ने उनको भनाई छ ।

प्रकाशित मिति : आश्विन १२, २०८० शुक्रबार  ७ : ४७ बजे