नेपालले ११औँ ओभरमा दुई विकेट गुमायो



काठमाडौं, १६ असोज । चीनमा जारी १९औँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा भारतविरुद्ध नेपालले ११औँ ओभरमा दुई विकेट गुमाएको छ ।

जेझाङ प्राविधिक विश्वविद्यालयको क्रिकेट मैदानमा भारतले प्रस्तुत गरेको २०३ रनको लक्ष्य पछ्याइरहेको नेपालले १०.४ ओभरमा कुशल मल्ललाई व्यक्तिगत २९ रनमा गुमाएको हो । सोही ओभरको अन्तिम बलमा नेपालले कप्तान रोहितकुमार पौडेललाई तीन रनमा गुमायो ।

११.१ ओभर सकिँदा नेपालले चार विकेट गुमाएर ८३ रन बनाएको छ । हाल क्रिजमा रहेका दीपेन्द्रसिंह ऐरी सात र सन्दीप जोरा शून्य रनमा छन् ।त्यसअघि, टस जितेर ब्याटिङमा उत्रिएको भारतीय टिमले निर्धारित २० ओभरमा चार विकेट गुमाएर २०२ रन बनाएको थियो ।

प्रकाशित मिति : आश्विन १६, २०८० मंगलबार  ९ : ४७ बजे