मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बागमती प्रदेशको प्रदेशसभा बैठक बस्दै



काठमाडौ,१६ असोज । बागमती प्रदेशको प्रदेशसभा बैठक आज दिउँसो २ बजे बस्दै छ ।प्रतिपक्षी एमालेले विरोध जनाएपछि १५ मिनेटका लागि स्थगित भएको बैठक पुनः बस्न नसकेपछि आजका लागि बोलाइएको हो ।प्रदेश सरकारले ल्याएको प्रदेश स्तरको चिठ्ठा व्यवस्थापन तथा नियन्त्रण गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पेश गर्ने क्रममा प्रमुख प्रतिपक्ष दल एमालेले अवरोध गरेको थियो ।


सो विधेयक गत वैशाख १२ गते संसदबाट पारित भइ प्रदेश प्रमुख कार्यालयमा गएको थियो ।प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रमाणीकरणका लागि पेश भएको विधेयकमा भएका त्रुटिहरू सच्याउन सुझावसहित पुनः छलफलका लागि विधेयक संसदमा फिर्ता पठाएका थिए ।तर, सोही फिर्ता भएको विधेयक सरकारले सोमबारको बैठकमा पेश गर्न खोजेपछि बैठक स्थगित भएको हो ।

प्रकाशित मिति : १६ आश्विन २०८०, मंगलबार  ११ : ०३ बजे