मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दोलखा सुन तस्करी प्रकरण : चिनियाँ नागरिकसहित थप तीनजना काठमाडौँबाट पक्राउ



काठमाडौँ । दोलखामा बरामद ११ किलो तस्करीको सुन प्रकरणमा प्रहरीले एक चिनियाँ नागरिकसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा तासी भन्ने चिनियाँ ग्याङ रोउ, लालबहादुर तामाङ र ६५ वर्षीय सनथ प्रधान रहेका छन् । केन्द्रीय अनुसन्धान ब्युरोका प्रवक्ता नवराज अधिकारीका अनुसार उनीहरूलाई स्वयम्भूबाट पक्राउ गरिएको हो ।

योसँगै यस प्रकरणमा पक्राउ पर्नेको सङ्ख्या १० पुगेको छ । यसअघि प्रहरीले सात जनालाई पक्राउ गरिसकेको छ ।

प्रकाशित मिति : १६ आश्विन २०८०, मंगलबार  १ : २७ बजे