मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

११ किलो सुन प्रकरणमा काठमाडौंबाट थप एक चिनियाँ पक्राउ



काठमाडौँ । दोलखाबाट भएको ११ किलो सुन तस्करी प्रकरणमा प्रहरीले थप १ एक जनालाई पक्राउ गरेको छ ।केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले बुधबार दिउँसो एक जनालाई पक्राउ गरेको ब्युरोका प्रवक्ता एसपी नवराज अधिकारीले जानकारी दिए।

पक्राउ पर्नेमा चीनको तिब्बत स्थायी ठेगाना भएका तासी दावा भनिने आगर लामा रहेका छन् ।उनलाई स्वयम्भूबाट पक्राउ गरिएको एसपी अधिकारीले बताए। उनकै निर्देशनमा सुन तस्करी भएको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। दोलखाको सिंगटी र लामाबगरबाट बरामद गरिएको ११ किलो सुन भर्खरै खुलेको चीन–नेपाल नाका ‘फलेक बोर्डर’ बाट तस्करी भएको थियो । चिनियाँ तस्कर दाओजिन वाङका चालक पक्राउचिनियाँ तस्कर दाओजिन वाङका चालक पक्राउतस्कर समूहले दोलखा र तिब्बत आउजाउ गर्ने ‘फलेक बोर्डर’ स्थित खोलाबाट तारेर सुन ल्याउने गरेको अनुसन्धानबाट थाहा भएको छ

यस प्रकरणमा अहिलेसम्म ११ जना पक्राउ परेका छन्। चिनियाँ नागरिक ग्याङ रू, सनत प्रधान र लालबहादुर तामाङलाई मंगलबार काठमाडौंका विभिन्न ठाउँबाट पक्राउ गरेको थियो। उनीहरूमाथि थप अनुसन्धानका लागि दोलखा पठाइसकेको छ। गत असोज १० दोलखाको बिगु गाउँपालिका(१का १९ वर्षीय पेम्बा तामाङ, २० वर्षीय माधव मगर, २८ को केशर तामाङ, ५५ वर्षीय नुर्वु छिरिङ शेर्पा, ३० वर्षीया सुनमाला तामाङ, ३२ वर्षीय चस्मान (छिरिङ) तामाङ र एक नाबालकलाई पक्राउ गरेको थियो।

प्रकाशित मिति : १७ आश्विन २०८०, बुधबार  ३ : २४ बजे