काठमाडौं, १९ असोज । काठमाडौं महानगरपालिकाको उपप्रमुख सुनिता डङ्गोलले सडक सुरक्षा सबैको दायित्वको विषय भएको बताएकी छन् ।
शुक्रबार काठमाडौंमा आयोजित सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह २०८० समापन कार्यक्रममा उनले दुर्घटना कतिबेला कहाँ हुन्छ भन्ने थाहा नहुने त्यसको लागि आफै सचेत हुनु पर्ने बताएकी हुन् ।उनले भनिन् ,‘हामी प्रहरीलाई दोष लगाइरहेका हुन्छौं । सडक सुरक्षा सबैको दायित्वको विषय हो । हतार करणले गर्दा गन्तव्यमा पुग्न सकिँदैन । ’
उनले हरेक दिन सडक दुर्घटनामा परि ६ देखि ७ जनासम्मले आफ्नो ज्यान गुमाएका हुन्छन् जो धेरैको लागि यो अङ्कमा मात्र सीमित हुन्छ ,तर उ र उसको परिवारको लागि यो अंग पछाडि ठुलो पीडा हुने बताएकी छन् ।हरेक दिन १५ देखि १६ जना घाइते हुने गरेका छन् जसले गर्दा जिन्दगीभर पीडा हुने उनको भनाई छ ।उनले महानगरले यातायातलाई विशेष प्राथमिकतामा राखेर काम गरेको बताएकी छन् ।














