पार्टी भित्रका कामचोरलाई नेतृत्व नदिनु : शंखर पोखरेल



काठमाडौं । नेकपा एमालेका महासचिव शंखर पोखरेलले कामचोरहरुलाई नेतृत्व दिन नहुने बताएका छन् ।

शुक्रबार काठमाडौं नेकपा एमालेको उपत्यका विशेष प्रदेश कमिटीको प्रथम अधिवेशन उद्घाटन कार्यक्रममा उनले हरेक अभियानमा देखिएका अनुहार नै नेतृत्वमा स्थापित हुनुपर्ने बताए ।

‘पार्टीका हरेक अभियानमा देखिएका अनुहार नै नेतृत्वमा स्थापित होस कामचोरहरुलाई नेतृत्व दिने हैन् । निश्क्रियहरुलाई नेतृत्व दिने हैन् ।’

नेतृत्वलाई जोडेर विभिन्न विभाजन गर्ने प्रयत्नहरु भईरहेको भन्दै उनले, त्यसमा सक्रिय कार्यकर्ताको उदासिनताले पनि काम गरिरहेको बताए ।

प्रकाशित मिति : आश्विन १९, २०८० शुक्रबार  ७ : ११ बजे