एमाले उपत्यका विशेष प्रदेश कमिटी अध्यक्षमा प्रेम पराजुली सर्वसम्मत



काठमाडौं, २१ असोज । नेकपा एमालेको उपत्यका विशेष प्रदेश कमिटी अध्यक्षमा प्रेमप्रसाद पराजुली सर्वसम्मत चयन भएका छन् ।


अध्यक्षका अर्का दाबेदार चन्द्र रिजालले उम्मेदवारी फिर्ता लिएपछि पराजुली सर्वसम्मत चयन भएका हुन् ।गत शुक्रबार सुरु भएको गैरभौगोलिक उपत्यका विशेष प्रदेश कमिटीको अधिवेशनमा नयाँ नेतृत्वका लागि अध्यक्षमा पराजुली र रिजालले उम्मेदवारी दिएका थिए ।


यस्तै, उपाध्यक्षमा विदुर कार्की, सचिवमा मिलन धरेल तथा उपसचिवमा जितेन्द्र श्रेष्ठ र उर्मिला सुनुवार सर्वसम्मत चयन भएका छन् ।

प्रकाशित मिति : आश्विन २१, २०८० आईतबार  ९ : ५४ बजे