मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुन तस्करीमा राहुल महरासहित चारजना विरूद्ध मुद्दा, साढे सात वर्ष कैद सजाय मागदाबी



काठमाडौं, २४ असोज । ईलेक्ट्रिक सिग्रेट ९भेप० मा लुकाएर सुन तस्करी गरेको अभियोगमा राहुल महराविरुद्ध मुद्दा दर्ता भएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो ९सिआईबी० को प्रतिवेदको आधारमा जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले महराविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेको हो ।

उक्त प्रकरणमा लोकेन्द्रकुमार पौडेल, बेल्जियन नागरिक दावा छिरिङ र निमा छिरिङलाई पनि प्रतिवादी बनाइएको छ । प्रतिवादी दाओजिनलाई आपराधिक विश्वासघात, संगठित अपराध र भन्सार ऐन विपरीतको कसुरमा मुद्दा चलाइएको छ भने अन्य तीन जनालाई भने भन्सार ऐन विपरीतको कसुर र संगठित अपराधमा मुद्दा चलाइएको छ ।

उनीहरुविरुद्ध भन्सार ऐन, २०६४ को दफा ५७ अनुसारको कसुरमा ३ देखि ५ वर्षसम्मको कैद र संगठित अपराधको कसुरमा त्यसको ५० प्रतिशत गरी साढे ७ वर्षको कैद सजाय मागदाबी लिइएको बताइएको छ । मुद्दामा प्रतिवादी बनाइएका निमा भने फरार छन् । उक्त प्रकरणमा आठ करोडभन्दा बिगो माग दाबी भएको छ ।

प्रकाशित मिति : २४ आश्विन २०८०, बुधबार  १ : ०७ बजे