मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अस्पतालका स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार, तीनजना पक्राउ



काठमाडौ, २५असोज । संखुवासभा सदरमुकाम खाँदबारीस्थित जिल्ला अस्पतालका स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार भएको छ । मादक पदार्थ सेवन गरेका युवकहरुले अस्पतालका स्वास्थ्यकर्मीलाई दुर्व्यवहार गरेको प्रहरीले जनाएको छ ।

दुर्व्यवहार गर्ने तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले खाँदवारी नगरपालिका–१ का २८ को बिक्रम विश्वकर्मा, २८ वर्षीय आशीष विश्वकर्मा र खाँदबारी–९ का २२ बर्षीय अनिल विश्वकर्मालाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक रामकुमार लामिछानेका अनुसार मादक पदार्थ सेवन गरेर उनीहरुले स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गरेका थिए ।काममा खटिएका अस्पतालका स्वास्थ्यकर्मीलाई ती युवकले गालीगलौज गर्दै दुर्व्यवहार गरेको जनाइएको छ ।पक्राउ परेकाहरुलाई अभद्र व्यवहारको कसूरसम्बन्धी अभियोगमा कारबाही प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २५ आश्विन २०८०, बिहिबार  १० : ४१ बजे