मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सन्दीपसँग छलफलमै छौँ, फर्कने सम्भावना छ : क्यान सचिव खड्का



काठमाडौं । नेपाल क्रिकेट संघ क्यानका सचिव पारस खड्काले, राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने खेलमा फर्किने सम्भावना रहेको बताएका छन् । घरेलु मैदानमा भोलि बुधबारदेखि सुरु हुने हङकङ र संयुक्त अरब इमिरेन्ट्स (युएई) सम्मिलित त्रिकोणात्मक सिरिजको ट्रफी सार्वजनिक कार्यक्रममा सचिव खड्काले, सन्दीपको केसमा निरन्तर छलफलमा रहेको बताए ।

उनले भने ‘सन्दीपको व्यक्तिगत अवस्थाको बारेमा धेरै बताउनु पर्छ जस्तो लाग्दैछ। परिवारसँग समय बिताउने निर्णय गरेसँगै हामीले त्यसलाई टार्न सकेनौँ,।’ यो सिरिजपछि सन्दीप टोलीमा फर्कने सम्भावना रहेको सचिव खड्काको भनाई छ । ‘यो सरिजपछि पुनः खेलमा फर्कने सम्भावना छ,’ उनले भने।

सन्दीपले शुक्रबार सामाजिक सञ्जालमार्फत आगामी प्रतियोगिता नखेल्ने भन्दै नाम फिर्ता लिएको बताएका थिए। नेपालले बुधबारदेखि युएई र हङकङसँग त्रिकोणात्मक सिरिज खेल्दैछ। सिरिजपछि नेपालले घरेलु मैदानमा नै आइसिसी टि–२० विश्वकप छनोट खेल्नेछ। सन्दीपले भने यो सिरिजमा हुने छ्रैनन् ।

प्रकाशित मिति : ३० आश्विन २०८०, मंगलबार  ७ : ०६ बजे