मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

टी–२० त्रिकोणात्मक सिरिजमा यूएईविरुद्ध नेपाल सात विकेटले विजयी



काठमाडौं । काठमाडौंमा आजबाट सुरु भएको नेपाल युएई र हङकङ सम्मिलित त्रिकोणात्मक टी–२० अन्तराष्ट्रिय सिरिजमा घरेलु टोली नेपालले सुखद सुरुवात गरेको छ ।

मुलपानीमा आज भएको पहिलो खेलमा नेपालले युएईलाई ७ विकेटले पराजित गर्दै विजयी सुरुवात गरेको हो । नेपाललाई जित दिलाउन कप्तान रोहित पौडेलले अर्धसतक बनाउँदा करणले तीन तथा गुल्शन झाले दुई विकेट लिए ।

नेपालले युएईले दिएको १४१ रनको लक्ष्य नेपालले १८।५ ओभरका तीन विकेटको क्षतिमा भेट्टाएको हो । नेपाललाई जित दिलाउन दिपेन्द्र सिंह ऐरी र कप्तान रोहित पौडेलले उत्कृष्ट साझेदारी गरे । उनीहरुले ९३ रनको साझेदारी गरे ।

रोहितले अविजित ५१ रनको अर्धसतकिय पारी खेले भने दिपेन्द्र ३४ रनमा अविजित रहे ।

त्यस्तै आशिफ शेखले २३ रनको योगदान गर्दा कुशल भुर्तेलले १४ र कुशल मल्लले ११ रन बनाउँदै पेभिलियन फर्किएक थिए ।

युएईका लागि अलि नासर र निलान्स केस्वानीले समान एक एक विकेट लिए ।

यसअघि टस हारेर पहिला ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १४० रन बनाएको थियो ।

युएईका लागि सर्वाधिक रन बसिल अहम्मदले बनाए । उनले ३८ बलमा एक चौका र तीन छक्काको मद्दतले ५१ रनको अधएसतकिय पारी खेले । युएईले पहिलो चार विकेट ५२ रन जोड्दा गुमाएको थियो ।

युएईले आफ्नो स्कोर १ रन हुँदा खालिद शाहलाई पहिलो ओभरको अन्तिम बलमाक गुमाएको थियो । दोस्रो विकेटको रुपमा टोलीको स्कोर १२ रन हुँदा ६ रन बनाएको आलिसान साफारुलाई गुमायो । त्यस्तै कप्तान मोहम्मद वसिम १७ रन बनाउँदै आउट भए । आसिफ साहले १५ रनको योगदान गरे । त्यसपछि युएईको पारी बसिल अहम्मद र अलि नासरले सम्हालेका थिए । यी दुईले ५६ रनको साझेदारी गरे । अलि नासर ३२ रन बनाउँदै १६।१ ओभरमा पेभिलियन फर्किए । त्यस आएका मोहम्मद फराजुद्धिनले खाता नै खोल्न सकेनन् । सन्चित शर्मा दुई तथा निलान्स केस्वानी चार रनमा अविजित रहे ।

नेपालका लागि करण केसीले सर्वाधिक तीन तथा गुल्शन झाले दुई विकेट लिए । अभिनास बोहरा र सोमपाल कामीको नाममा एक एक विकेट रह्यो । करणले चार ओभर बलिङ गर्दा १९ रन खर्चेर तीन विकेट लिए । त्यस्तै गुल्शनले तीन ओभर बलिङ गर्दा ११ रन खर्चेर दुई विकेट लिएका छन् ।

प्रकाशित मिति : १ कार्तिक २०८०, बुधबार  ७ : ०२ बजे