मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कम परिमाणमा डिजेल बिक्री गर्ने सशस्त्र प्रहरीको पम्प सिल



काठमाडौं । केन्द्रीय अनुगमन टोलीले, सशस्त्र प्रहरीले सञ्चालन गरेको स्वम्भूस्थित हलचोक फ्युल सेन्टर पम्प सिल गरेको छ । बुधबार गरिएको अनुगमन क्रममा उपभोक्तालाई कम परिमाणमा डिजेल दिएको भन्दै र हलचोक फ्युल सेन्टर पम्प र कलंकीको श्यामा पेट्रोल पम्पमा सिल गरिएको हो ।

मंगलबार मात्रै अनुगमन क्रममा उपभाक्तालाई कम मात्रामा पेट्रोल बिक्री गरेको भन्दै गैरी गाउँको भ्याली बाबा सप्लायर्समा सिल गरिएको थियो ।दुवै पेट्रोल पम्पले बिक्री गरेको मूल्य भन्दा कम परिमाणमा उपभोक्तलाई डिजेल बिक्री गरेको अनुगमन टोलीको प्रारम्भिक निष्कर्ष छ ।

प्रकाशित मिति : १ कार्तिक २०८०, बुधबार  ७ : ०७ बजे