मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

त्रिकोणात्मक टी—२० : नेपालले हङकङलाई ६ विकेटले हरायो



काठमाडौं । त्रिकोणात्मक टी—२० क्रिकेट शृंखलामा नेपालले लगातार दोस्रो जित निकालेको छ । बिहीबार भएको दोस्रो खेलमा नेपालले, हङ्कङलाई ६ विकेटले पराजित गरेको हो । जारी शृंखलामा नेपालको यो दोस्रो जित हो । यसअघि बुधबार खेलिएको पहिलो खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) लाई सात विकेटले हराएको थियो ।

काठमाडौँको मुलपानी क्रिकेट मैदानमा बिहीबार टर हारी पहिले ब्याटिङको निम्तो पाएको हङ्कङले १९.३ ओभरमा अलआउट हुनुअघि ९४ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको नेपालले भने १३.५ ओभरमा चार विकेट गुमाएर ९९ रन बनाउँदै विजयलक्ष्य पार गरेको थियो । नेपालका लागि आसिफ शेखले सर्वाधिक ४२ रनको योगदान गरे । कप्तान रोहित पौडेलले अविजित २५ रन बनाए ।
त्यसअघि नेपालले जितका लागि हङ्कङबाट ९५ रनको लक्ष्य पाएको थियो ।

हङ्कङलाई ठूलो योगफल बनाउन नदिन नेपाली टोलीका बलर करण केसीले चार विकेट लिएका थिए । सोमपाल कामी र अविनोष बोहराले पनि दुई—दुई विकेट हात पारेका थिए भने कुशल मल्ल र मौसम ढकालले एक—एक विकेट लिए ।

यसअघि बुधबारको पहिलो खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) लाई सात विकेटले हराएको थियो ।

प्रकाशित मिति : २ कार्तिक २०८०, बिहिबार  ४ : २७ बजे