काठमांडौ । आइसीसी टी २० विश्वकप छनोट अन्र्तगत युएईविरुद्धको सेमिफाइनलमा नेपालले पहिलो सफलता हासिल गरेको छ । टस जितेर पहिला ब्याटिङ गरेको युएईले नेपालविरुद्ध आक्रामक सुरुआत गरेको थियो । ३ ओभरमा २९ रन बनाएको थियो ।
तर, तेस्रो ओभरको पहिलो बलमा सोमपाल कामीले नेपालाई पहिलो सफलता दिलाएका थिए । उनले खलिद साहलाई रनआउट गरेका थिए । खलिदले ३ रन बनाएका थिए ।
सोही ओभरको चौथो बलमा मोहम्मद वसिमलाई सोमपालले करण केसीको हातबाट क्याच आउट गराए । वमिसले १६ बलमा २६ रनको पारि खेलेका थिए । उनले २ छक्का र ३ चौका प्रहार गरेका थिए । क्रिजमा अहिले बृत्य अरविन्द र आशिफ खान रहेका छन् ।














