काठमांडौ । नेपाल अर्को वर्ष आयोजना हुने टी २० विश्वकप क्रिकेटमा छनोट भएको छ । २०२४ को विश्वकप वेस्टइन्डिज र अमेरिकाले संयुक्त रुपमा आयोजना गर्दै छन् । टी २० एसिया छनोट फाइनलको सेमिफाइनला युएईलाई ८ विकेटले पराजित गर्दै नेपाल टी २० विश्वकप क्रिकेटमा छनोट भएको हो ।
सन् २०१४ का टी २० विश्वकप क्रिकेट खेलेको नेपाल त्यसपछि बल्ल विश्वकपमा छनोट भएको हो । माथिल्लो मूलपानी मैदानमा युएईले दिएको १३५ रनको लक्ष्य नेपालले १७.१ ओभरमा २ विकेट गुमाएर पूरा गर्न सफल भयो ।
नेपाललाई जिताउन ओपनर मोहम्मद आशिफले अर्धशतकीय पारि खेले । उनले ५१ बल फेस गर्दा ६५ रन प्रहार गरे । यसैगरी कप्तान रोहित पौडेले पनि कप्तानी पारि खेले । उनले २० बलमा ३३ रनको नटआउट पारि खेलेका हुन् ।
नेपालका गुलसन झाले २२ रनको पारि खेल्दा कुशल भुर्तेलले ११ रन बनाए ।
युएईका निलसन केसवानी र बसिल अहमदले एक एक विकेट लिए ।
पहिला ब्याटिङ गरेको युएईले निर्धारित ओभरमा ९ विकेट गुमाएर १३४ रन बनाएको थियो ।
युएईले टस जितेर पहिला ब्याटिङ रोजेको थियो । युएईले नेपालविरुद्ध राम्रो सुरुआत गरेको थियो । ३ ओभरमा २९ रन बनाएको बेला नेपालले पहिलो सफलता रनआउटबाट निकालको हो । सोमपाल कामील्े खालिद साहलाई आउट गर्दै युएईलाई पहिलो झड्का दिएका थिए । सोही ओभरको चौथो बलमा उनै सोमपालकले कप्तान मोहमद वसिमलाई करण केसीमार्फत आउट गराए । वसिमले १६ बलमा २६ रन बनाए ।
उनले २ छक्का र ३ चौका प्रहार गरेका थिए । तेस्रो सफलता भने सन्दीप लामिछानेले दिलाएका हुन् । उनले आशिफ खानलाई एलबीडब्ल्यू आउट गरे । आशिफले १४ बलमा १३ रन बनाउँदा एक चौका प्रहार गरे । चौथो सफलता कुशल मल्लले दिलाए । उनले ड्रिंग्स ब्रेक पछि १३ ओभरको चौथो बलमा एसिलसन सराफुलाई सोमपाल कामीबाट क्याच आउट गरेर पभेलियन फर्काए ।
यसैगरी पाँचौं सफलता भने कप्तान रोहित पौडेलले दिलाए । रोहितले अलि नासेरलाई कुशल भुर्तेलको उत्कृष्ट क्याचको मद्दतले आउट गरे । नासेर ४ रन बनाएर आउट भएका हुन् । छैटौं सफलता सन्दीपले दिलाए । सन्दीपले व्यक्तिगत दोस्रो विकेट लिँदा बसिल अहमद आउट भए । बसिललाई गुल्सनले डिप मिडविकेटमा क्याच गर्दै आउट गरेका हुन् । बसिलले १ रनमात्रै बनाए । सातौं विकेटको रुपमा युएईका सर्वाधिक रनकर्त बृत्य अरविन्द १९.१ ओभरमा आउट भएका थिए ।
उनलाई कुशल मल्ले आउट गरेका हुन् । बृत्यले ५१ बल खेल्दा २ छक्का र ८ चौकाको मद्दतले ६४ रनको पारि खेलेका थिए । कुशलले उनलाई गुलसन झामार्फत क्याच गराए । आठौं सफलता पनि कुशलले नै दिलाए । १९।३ ओभरमा उनले आयान अफजल खानलाई कुशल भुर्तेलमार्फत क्यान आउट गराए । उनी १ रन बनाएर आउट भएका हुन् ।
नेपालका सन्दीप लामिछानेले ४ ओभर बलिङ गर्दा १ ओभर मेडन राखेर १४ रन खर्चिएर २ विकेट लिए ।
एसिया छनोटको फाइनल उपाधिका लागि भने नेपाल र ओमान भिड्ने भएका छन् ।














