विराटनगर । सप्तकोशी नदीमा मोटर बोट दुर्घटना हुँदा १० जना घाइते भएका छन् । सुनसरीको चतरा पुलमा सशस्त्र प्रहरी बल वराह बाहिनीको विपद् उद्धार परीक्षण कार्यक्रमका क्रममा प्रयोग गरिएको मोटर बोट दुर्घटना भएको हो ।
सशस्त्र प्रहरी बलले परीक्षण गर्ने क्रममा कार्यक्रममा सहभागी सञ्चारकर्मी र आगन्तुकहरु दुर्घटनामा परेका हुन् ।
दुर्घटनामा सञ्चारकर्मीहरु शम्भु पोखरेल, महाप्रसाद खतिवडा, कुमुद अधिकारीलगायत घाइते भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी कोशी नदीमा डुबेका उनीहरूको सशस्त्र प्रहरी बलको गोताखोर टोलीले उद्धार गरेको थियो ।
दुर्घटनामा परी घाइते भएकाहरुको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र स्थानीय स्वास्थ्य संस्थाहरुमा उपचार गरिएको छ ।