टी–२० विश्वकप छनोट खेलको उपाधि भिडन्त :ओमानलाई नेपालले दियो १ सय ८५ रनको लक्ष्य



काठमाडौं । गल्शन झा र कप्तान रोहीत पौडेलको अर्धशतकीय योगदानमा नेपालले टी–२० विश्वकप छनोट खेलको उपाधिका लागि १ सय ८५ ओमानलाई रनको लक्ष्य दिएको छ ।

निर्धारित २० ओभरमा विकेट गुमाएर नेपालले १ सय ८४ रनको जोडेको हो ।

नेपालका लागि झाले २० बलमा ४ छक्का र ५ चौका प्रहार गर्दै शतक गरे । त्यस्तै कप्तान पौडेलले अविजित ५२ रनको योगदान दिए । त्यस्तै नेपालका लागि कुशल भुर्तेलले ३१ रन बनाए ।
ओमानका लागि विलाल खान एक्लैले ३ विकेट लिए ।

प्रकाशित मिति : कार्तिक १९, २०८० आईतबार  १२ : ४४ बजे