मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कांग्रेसका गण्डकी प्रदेशसभा सदस्यकोे १५ दिनको तलब भूकम्पपीडितलाई



पोखरा, २१ कात्तिक । नेपाली कांग्रेसले गण्डकी प्रदेशसभामा पार्टीका तर्फबाट प्रतिनिधित्व गर्ने प्रदेशसभा सदस्यको १५ दिनको तलब भूकम्पपीडितलाई सहयोग गर्ने निर्णय गरेको छ ।

जाजरकोटको बारेकोट गाउँपालिका–१, रामीडाँडा केन्द्रविन्दु भएर गएको भूकम्पबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलले उक्त निर्णय गरेको हो । सो रकम नेपाली कांग्रेस, केन्द्रीय राहत कोषमार्फत भूकम्पपीडित राहत कोषमा जम्मा हुने गरी पठाउने निर्णय गरेको प्रमुख सचेतक नन्दप्रसाद न्यौपानेले जानकारी दिए ।

भूकम्पमा परी निधन भएकाप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै दलले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । कांग्रेसले भूकम्पप्रभावितलाई उचित राहत र व्यवस्थापनको लागि सरकारसँग अनुरोध गरेको छ ।

प्रकाशित मिति : २१ कार्तिक २०८०, मंगलबार  ३ : ३४ बजे