एमालेको सचिवालय बैठक जारी



काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक जारी छ । पार्टी मुख्यालय च्यासलमा बैठक जारी रहेको छ।बैठकमा आसन्न मध्य पहाडी लोक मार्ग केन्द्रित अभियानको बारेमा छलफल केन्द्रित रहेको छ।

अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा झुलाघाटदेखि चिवा भञ्ज्याङसम्मको पदयात्रा हुँदैछ । बैठकले पदयात्राको मिति तय गर्ने छ। अभियानका क्रममा सभा, भेटघाट र अन्तरक्रिया हुनेछन् । यस्तै बैठकले आगामी केन्द्रीय कमिटी बैठकको मिति पनि तय गर्नेछ । बैठकमा भूकम्पपछिको राहत, पुनः स्थापना बारे छलफल गर्ने एजेण्डा रहेको छ।

सचिवालय बैठक मा पार्टी अध्यक्ष केपि शर्मा ओलि ,पार्टी बरिस्ठ उपाध्यक्ष ईश्वर पोखरेल ,उपाध्यक्षहरु युवराज ज्ञवाली,अष्टलक्ष्मी शाक्य,रामबहादुर थापा बादल,बिष्णु पौडेल ,सुरेन्द्र पान्डे,महासचिव शंकर पोखरेल ,उपमहासचीबहरु प्रदिप ज्ञवाली सचिवद्वय पृथ्वी सुब्बा गुरुङ,बिष्णु रिमाल ,लेख राज भट्ट ,गोकर्ण बिष्ट ,योगेश भट्टराई ,छबिलाल बिश्वकर्मा ,रघुबिर महासेठ,पद्ममा अर्याल लगायत को उपस्थिति रहेको छ ।

प्रकाशित मिति : कार्तिक २२, २०८० बुधबार  ३ : ५१ बजे