मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

उपत्यकामा क्राइम : १३३ जुवाडे र ७ जना चोर समातिए,कौडाको खालबाट मात्रै १२ लाख ९१ हजार बरामद



काठमाडौं । प्रहरीले गत २० दिनको अवधिमा तास र लङ्गुरबुर्जा खेलिरहेको अवस्थामा १३३ जनालाई नियन्त्रणमा लिएको छ ।कात्तिक ११ गतेदेखि ३० गतेसम्म काठमाडौंको १२, भक्तपुरको २ र ललितपुरको २ ठाउँबाट गरी १३३ जना समातिएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

उनीहरुको साथबाट २१ लाख ७१ हजार ३३५ रुपैयाँ रकम बरामद भएको कार्यालका एसएसपी दिनेश मैनालीले जानकारी दिए । ११ देखि ३० कात्तिकसम्म कौडाको खालबाट प्रहरीले १२ लाख ९१ हजार ५५० रुपैयाँ बरामद गरेको छ । काठमाडौंको एक र ललितपुरको एक ठाउँ गरी दुई ठाउँबाट ३२ जना पक्राउ परेका एसएसपी न्यौपानेले जानकारी दिए ।यो अवधिमा ६९ बुक तास, २० हजारको चेक प्रहरीले बरामद भएको प्रहरीले जनाएको छ ।

प्रहरीले यस अवधिमा पटाका पड्काएको आरोपमा ८ जनालाई नियन्त्रणमा लिएको छ र ३४४ प्याकेट पटाका बरामद गरेको छ ।तिहारको समयमा काठमाडौँ उपत्यकाबाट १९ हजार थान
तिहारको समयमा काठमाडौँ उपत्यकाबाट १९ हजार १३६ थान पटाका बरामद भएको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ८ हजार ८६९ थान पिस अर्थात १९ हजार १३६ थान पटाका बरामद भएको जानकारी दिएको हो ।

गत कात्तिक ११ देखि आजसम्मको विवरणअनुसार ती पटाकासहित विभिन्न ८ जना पक्राउ परेका छन् । प्रहरीका अनुसार खुर्सानी पटाका २ बण्डल पनि बरामद भएको छ ।

यस्तै तीन साताको अवधिमा १ करोड भन्दा बढीको धनमाल चोरी भएको छ । काठमाडौँ प्रहरीका अनुसार कुल १ करोड ३ लाख ६६ हजार १९५ रुपैयाँ बराबरको धनमाल चोरी भएको हो ।

जसअनुसार काठमाडौँको २० स्थानबाट २७ लाख ७९ हजार ४४५ बराबरको धनमाल चोरी भएको छ । यस्तै ललितपुरको १० स्थानबाट २५ लाख ३० हजार ७५० बराबरको चोरी हुँदा भक्तपुरको ७ स्थानबाट ५० लाख ५६ हजार बराबरको चोरी भएको छ ।

ती घटनामा संलग्न रहेको आरोपमा प्रहरीले ७ जनालाई नियन्त्रणमा लिएको छ । यस्तै काठमाडौँका ५ स्थानमा लुटपाट हुनुका साथै ती घटनामा ३ जना पक्राउ परेको पनि प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ३० कार्तिक २०८०, बिहिबार  ५ : ३१ बजे