मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ज्यान मार्ने कसुरमा संलग्न रानालाई बाँकेमा प्रहरीले गोली हानेर लियो नियन्त्रणमा



काठमाडौं, १ मंसिर । ज्यान मार्ने कसुरमा संलग्न आकाश रानालाई प्रहरीले गोली हानेर नियन्त्रणमा लिएको छ । प्रहरीको खोजी सूचीमा रहेका राना बाँकेको जानकी गाउँपालिकाबाट पक्राउ परेका हुन् । प्रहरीले चलाएको गोली लागेर राना घाईते भएका छन् ।

खोजी सूचीमा रहेका रानालाई पक्राउ गर्न खोज्दा भागेपछि गोली चलाउन परेको प्रहरीले बताएको छ । उनको दायाँ खुट्टामा गोली लागेको छ ।

पक्राउ गरेका रानाको समूहले कात्तिक ३० गते विहान कोहलपुरस्थित चप्परगौडीमा मिनबहादुर विकलाई खुकुरी प्रहार गरी आक्रमण गरेका थिए । खुकुरी प्रहारबाट विक गम्भीर घाईते भएका थिए ।

रानाविरुद्ध जबरजस्ती करणी उद्योगमा पनि जाहेरी परेको जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी डिएसपी नारायण डाँगीले बताए । साथै, राना लागूऔषध मुद्दामा पाँच वर्ष जेल बसेर २०७९ मा छुटेका थिए ।

रानाको समूहले खुकुरी प्रहार गर्दा गम्भीर घाइते भएका विकको हाल लखनउमा उपचार भइरहेको र उनको अवस्था एकदमै नाजुक रहेको डिएसपी डाँगीले बताए ।

प्रकाशित मिति : १ मंसिर २०८०, शुक्रबार  २ : ३९ बजे