सूर्यज्योति लाइफ इन्स्योरेन्सले सुरु गर्यो ‘जीवन बीमा’ योजना



काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेसले ‘जीवन बीमा’ योजना सुरु गरेको छ ।

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच इन्स्योरेन्सले नयाँ जीवन बीमा उट्घाटन गरिएको हो ।कार्यक्रममा योजना बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले संसार भरी नै बिमालाई हेर्ने दृष्किोण फरक भएको भन्दै सरकारले अन्य आर्थिक क्षेत्रलाई जसरी बिमालाई प्राथमिकतामा नराखेको गुनासो गरे ।

उनले भने, ‘यो प्रदेशका सरकारहरुसँग गएर बिमाको बारेमा सबैलाई अवगत गराउन आवश्यक छ किनकी सबै भन्दा समस्या नै के देखिन्छ भने मैले नेपालको मात्र कुरा गरेको होईन संसारभरी नै सबैभन्दा ठूलो समस्या के छ भने । जसरी संसारभरका सरकारले नै बैंक र अन्य आर्थिक क्षेत्रलाई बुझ्छ । त्यो बुझाई बीमाको बारे कुनै पनि सरकारको छैन् ।’

बैंकले रकम रक्षा गर्ने र बीमाले जिवनको रक्षा गर्ने हुँदा बैक र बीमामा ठूलो अन्तर रहेको उनको भनाई छ । कम्पनीले र प्राधिकरणले नै बिमाको राम्रो सँग प्रचार नगरेको उनको गुनासो छ । ‘अब संसारको हामीले हेर्नुपर्ने पाटो के हो भने, हामीले बुझाउन खोजेको कुरा के भने बैंक र बीमामा एकदमै ठूलो मूलभुत फरक छ ।’ उनले भने ‘बैंकले तपाईको रकम जम्मा गरिरहेको हुन्छ । यसले तपाईको जिवनको रक्षा गरिरहेको हुन्छ। तर त्यो कुराको प्रचार कम्पनीले र प्राधिकरणले नै राम्रो सँग गरेको छैन् ।’

प्रकाशित मिति : मंसिर १, २०८० शुक्रबार  ५ : ५१ बजे