कुमारी बैंकको सीईओमा रामचन्द्र खनाल नियुक्त



काठमाडौँ । रामचन्द्र खनाल कुमारी बैंकको प्रमुख कार्यकारी अधिकृत ९सीईओ० मा नियुक्त भएका छन् । शुक्रबार बसेको बैंक सञ्चालक समितिको बैठकले खनाललाई सीईओमा नियुक्त गरेको हो । खनाललाई आगामी चार वर्षका लागि सञ्चालक समितिले सीईओको जिम्मेवारी दिएको हो ।

खनाल कुमारी र एनसीसी बैंक मर्जर भई बनेको बैंकमा नायब प्रमुख कार्यकारी अधिकृत रहेका थिए । सो पदमा एक वर्ष नपुग्दै उनी सीईओमा नियुक्त भएका हुन् ।

यसअघि प्रमुख कार्यकारी अधिकृत रहेका रमेशराज अर्यालले तिहार अगाडि नै दिएको राजीनामा शुक्रबार बसेको सञ्चालक समिति बैठकले स्वीकृत गरेको थियो ।

अर्यालको राजीनामा स्वीकृत गरेसँगै शुक्रबारदेखि नै लागू हुने गरी खनाललाई जिम्मेवारी दिइएको हो ।

प्रकाशित मिति : मंसिर १, २०८० शुक्रबार  ९ : २३ बजे