आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको फाइनलमा भारतको पारि धर्मराएको छ ।
अहमदावादमा टस हारेर पहिला ब्याटिङ गरेको भारतको आधी टिम ९५० पभेलियन फर्किसकेको छ ।
भारतको पहिलो विकेट शुभमन गीलको रुपमा गुमेको थियो । त्यसपछि रोहित शर्मा, श्रीयस अय्यर र चौथो विकेटको रुपमा विराट कोहली आउट भएका थिए ।
पाँचौं विकेटका रुपमा रविन्द्र जडेजा पभेलियन फर्किएपछि भारतको पारि अहिले संकटमा परेको छ ।
एक छेउँमा केएल राहुलले साथ दिए पनि लगातार विकेट पतन हुँदा भारतले उपाधि जित्नका लागि अस्ट्रेलियालाई २५० रनभित्रको लक्ष्य लिने अपेक्षा गरिएको छ ।
३७ ओभरको खेल सकिँदा भारतले ५ विकेट गुमाएर १७९ रन बनाएको छ ।
भारतका विराट कोहलीले ५४ रनको अर्धशतकीय पारि खेल्दा रोहित शर्माले ४७ रनको योगदान गरे ।
शुभमन गील र श्रीयस अय्यरले चार चार रन बनाउँदा रविन्द्र जडेजाले ९ रन जोडेका थिए ।
अस्ट्रेलियाका पाट कमिन्सले सर्वाधिक २ विकेट लिँदा मिचेल स्टार्क, जोस हेजलवुड, ग्लेन म्याक्सवेलले एक एक विकेट लिएका छन् ।