आज काठमाडौंका यी रुटमा सवारी अस्तव्यस्त हुने



काठमाडौं । नेकपा (एमाले) निकट राष्ट्रिय युवा संघ नेपाल र दुर्गा प्रसाईंको नेतृत्वमा रहेको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपालले आज काठमाडौंमा प्रदर्सन गर्दै छन् ।

युवा संघले काठमाडौंको तीनकुनेमा र दुर्गा प्रसाईंको नेतृत्वमा काठमाडौंको बल्खुमा प्रदर्शन हुँदै छ । विभिन्न ठाउँबाट जुलुस निकालेर कार्यक्रमस्थल पुग्ने दुवै पक्षले तयारी गरेका छन् ।

दुर्गा प्रसाईंको नेतृत्वको अभियानले राजधानीका ७ वटा नाकामा भेला भइ कार्यक्रम स्थल बल्खु पुग्ने रुट सार्वजनिक गरेको छ । विहान सवा १० बजे ति रुटबाट बल्खुका लागि प्रस्थान गर्ने समय तोकिएको छ ।

आजैदुबे पक्षको प्रदर्शनका कारण उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त हुने देखिएको छ ।

ट्राफिक प्रहरीले आज सूचना जारी गर्दै अत्यावश्यक बाहेकको काममा सवारी साधन ननिकाल्न आग्रह गरिसकेको छ । रिङरोडको दुई मुख्य नाका केन्द्रित प्रदर्शनका कारण दिनभर यातायात प्रभावित हुने देखिएको छ । प्रसाईं नेतृत्वको अभियानले तोकेको मुख्य ७ स्थान र रुटहरुका कारण यी क्षेत्रको यातायाता प्रभावित हुने सम्भावना रहेको छ ।

प्रकाशित मिति : मंसिर ७, २०८० बिहीबार  ८ : ०४ बजे