तीनकुने पुगेका दर्जनौ प्रसाईं समर्थक पक्राउ, तीनकुने क्षेत्रमा चार जनाभन्दा बढी भेला हुन नपाइने



व्यवसायी दुर्गा प्रसाईंले आह्वान गरेको बिरोध प्रदर्शनमा सहभागी हुन तीनकुने पुगेका प्रदर्शनकारीहरु पक्राउ परेका छन् । प्रसाईं समर्थक २६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौंको तीनकुने क्षेत्रमा विरोध प्रदर्शनका लागि निस्किएका उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

बिहीवार बल्खु क्षेत्रमा आन्दोलन गरेका व्यवसायी प्रसाईं समूहले आजबाट तीनकुनेमा प्रदर्शन गर्ने बताएका थिए । तर, जिल्ला प्रशासन कार्यालयले भने तीनकुनेमा कार्यक्रम गर्न प्रसाईंलाई अनुमति दिएको छैन ।

अहिले तीनकुनेमा प्रहरी बाक्लोरूपमा परिचालन गरिएको छ । त्यहाँ हिँड्डुल गर्ने सर्वसाधारणलाई समेत प्रहरीले निगरानी बढाएको छ । शंकास्पद व्यक्तिमाथि प्रहरीले निगरानी खानतलासी गरिरहेको छ ।

प्रकाशित मिति : मंसिर ८, २०८० शुक्रबार  २ : ५३ बजे