कांग्रेसको लेखा समितिमा चार सदस्य मनोनीत



नेपाली कांग्रेसको केन्द्रीय लेखा समितिमा चार जना सदस्य मनोनीत भएका छन्।

सभापति शेरबहादुर देउवाले श्यामकुमार घिमिरे संयोजकत्वमा रहेको केन्द्रीय लेखा समितिमा सोमबार चार जना सदस्य मनोनीत गरेका हुन्।

मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार धनुषाका दिलिप ढुंगाना, अर्घाखाँचीका डेविड बस्याल, मकवानपुरका रमेश नेपाल र सिन्धुलीका अनन्त कार्कीलाई लेखा समिति सदस्य मनोनीत गरिएको हो।

प्रकाशित मिति : मंसिर ११, २०८० सोमबार  २ : २२ बजे