एमालेको मध्य पहाडी लोकमार्ग पदयात्रा : अध्यक्ष ओली आज बैतडी जाँदै



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली मध्य पहाडी लोकमार्ग पदयात्राको उद्धाटन गर्न आज कैलाली जाने भएका छन् ।

एमालेले मंसिर १४ गतेबाट मध्य पहाडी लोकमार्ग पदयात्रा गर्न लागेको छ । अध्यक्ष ओली त्यसको उद्घाटन गर्न दिउँसो धनगढी हुँदै बैतडी जाने छन् ।

उनीसँगै उपाध्यक्षहरु ईश्वर पोखरेल र विष्णु पौडेल सहितका नेताहरू पनि बैतडी जाने भएका छन् ।, तीन सातामा टुङ्याउने तयारी गरेको झुलाघाट–चिवाभञ्ज्याङ पदयात्राको तयारी तिव्र भैरहेको छ ।

पुष्पलाल राजमार्ग नामाकरण गरिएको मध्य पहाडी राजमार्गको लम्बाइ करिब एक हजार ८७९ किलोमिटर छ ।

प्रकाशित मिति : मंसिर १२, २०८० मंगलबार  १० : २६ बजे