काठमाडौं । नेपाली कांग्रेसका केन्द्रिय सदस्य गुरु बराल नेतृतवको टोलीले जाजरकोट भुकम्प पिडितका लागि १०० अस्थायी आवास निर्माण जारि राखेको छ ।कांग्रेस केन्द्रिय समितिको निर्णय अनुसार रुकुम पश्चिमको सानो भेरी गाँउपालिकामा भुकम्प पिडितका लागि अस्थायी आवास निर्माण गरिएको बरालले जानकारि दिएका हुन् ।
टोलीमा बरालसहित केन्द्रिय सदस्य मान बहादुर नेपाली ,नेपाली काङ्ग्रेश कर्णालि प्रदेश महामन्त्री कृष्ण बहादुर रोकाय ,रुकुम पश्चिमका सभापती प्रेम प्रकाश ओलि, युवा नेता शिव आचार्य लगायत नेता तथा कार्यकर्ताहरु छन् ।
टोलीले क्षतिग्रस्त भएका घरहरुको भग्नावशेष पन्छाउदै अस्थायी आवास निर्माण गरि रहेको छ ।
यसअघि कांग्रेस नेता एबं सांसद प्रदीप पौडेल नेतृत्वको टोली १०० अस्थायी आवास निर्माण सम्पन्न गरेर जाजरकोटबाट फर्किसकेको छ ।
कांग्रेसले इन्जिनियर, डकर्मीसहित २५ वटा टोली भूकम्प प्रभावित क्षेत्रमा टहरा बनाउन परिचालन गर्ने निर्णय गरेको थियो । उक्त निर्णयलगत्तै कांग्रेसले जाजरकोट भुकम्प पिडितका लागि १००० अस्थायी आवास निर्माण अभियान जारि राखेको छ ।