मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

लोकतान्त्रिक योध्दा पूर्णानन्द शर्माको निधनप्रति कांग्रेसद्वारा दुःख व्यक्त



काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले झापाका पूर्व जिल्ला सभापति एवं नेपालको लोकतान्त्रिक आन्दोलनका अथक योद्धा पूर्णानन्द शर्माको निधनमा दुःख व्यक्त गरेका छन् । देउवाले त्याग, समर्पण र निष्ठाका एक अग्रज र प्रेरणादायी व्यक्तित्व एवं लोकतान्त्रिक आन्दोलनका एक अथक योद्धाको निधनले दुखित तुल्याएको पार्टी कार्यालयका मुख्य सचिव कृष्ण प्रसाद पौडेलले जारी गरेको शोक विज्ञप्तिमा उल्लेख छ ।

शर्माको विर्तामोडस्थित पूर्णटुङ्ग बिर्तासिटी अस्पतालमा उपचारका क्रममा सोमबार अपरान्ह ४ः३० बजे निधन भएको थियो । शर्माको कनकाई माईमा आज दाहसंस्कार गरिने पौडेलले जानकारी दिएका छन् ।

बिपी कोइरालाको अनुयायी शर्मा पञ्चायतकालदेखि बहुदल प्राप्तिका लागि भएका आन्दोलनका क्रममा पटक–पटक गरी ६ वर्ष जेल र केही वर्ष निर्वासनमा बसेका थिए । वि.सं. २०१२ सालमा नेपाली कांग्रेसको सदस्यता लिएर राजनीतिमा होमिएका शर्मा पार्टी प्रतिवन्धितकालमा वि.सं. २०३९ देखि २०४२ सम्म झापाको सभापति रहेका थिए ।

प्रकाशित मिति : १२ मंसिर २०८०, मंगलबार  १२ : २३ बजे