वर्तमान व्यवस्था भित्रै रहेर नागरिकको अवस्था परिवर्तन गर्छौंः सभापति लामिछाने



मंसिर १३, काठमाडौं ।राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले वर्तमान व्यवस्था भित्र रहेर नागरिकको अवस्था परिवर्तन गर्न आफूहरु आएको बताएका छन् ।

बुधवार जनकपुर धाममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले अहिले भएको विद्यमान व्यवस्था भित्र रहेर नागरिकको अवस्था परिवर्तन गर्न आफूहरु आएको बताउँदै शासकीय स्वरुपमा केही कमी कमजोरी रहेको बताए । उनले शासकीय स्वरुपमा भएका कमी र कमजोरीलाई निर्वाचनबाट मात्रै परिवर्तन गर्न सकिने जिकिर गरे । लामिछानेले परिवर्तनलाई स्वीकार गरेर नागरिकका दुःखसुखलाई प्राथमिकतामा राखेर काम आफूहरुले काम गर्ने पनि बताए ।

उनले भने, ‘नीति विचारका बारेमा हामीले दस्ताबेजीकरणको काम गरेका थियौँ । त्यसलाई पास गरेका छौँ । हामी अहिले भएको विद्यमान व्यवस्था भित्र रहेर नागरिकको अवस्था परिवर्तन गर्न आएका दल हौँ । यद्यपी शासकीय स्वरुपमा केही कमी कमजोरी छन् । यो परिवर्तन गर्ने उपाय भनेको निर्वाचन मात्रै हो । हामी वर्तमान व्यवस्था भित्र रहेर नागरिकको अवस्था परिवर्तन गर्न आएका हौँ । परिवर्तनलाई स्वीकार गरेर नागरिकका दुःखसुखलाई प्राथमिकतामा राखेर काम गर्नेछौँ ।’

सभापति लामिछानेले मधेसलाई केन्द्रबिन्दुमा राखेर आफ्नो पार्टी अघि बढीरहेको पनि बताए ।

प्रकाशित मिति : मंसिर १३, २०८० बुधबार  ७ : ११ बजे