मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दुर्गममा बस्न चाहदैनन् पहुँचवाला कर्मचारी, कालीकोटका नौवटै स्थानीय तह निमित्तका भरमा



कालीकोट, १४ मङ्सिर । कालीकोटका नौवटै स्थानीय तह निमित्तका भरमा सञ्चालन भइरहेका छन् । तीन नगरपालिका र छ वटा गाउँपालिकाले अहिले प्रमुख प्रशसकीय अधिकृत पाएका छैनन । स्थानीय तह सञ्चालन ऐनमा नगरपालिकामा उपसचिव र गाउँपालिकामा अधिकृतस्तरको कर्मचारी प्रमुख प्रशासकीय अधिकृत हुने व्यवस्था भए पनि सो अनुसार यहाँका स्थानीय तहमा हुन सकेको छैन ।

स्थानीय तह सञ्चालन आएदेखि तिलागुफा नगरपालिकाले एकपटक प्रमुख प्रशासकीय अधिकृत दरबन्दीअनुसार उपसचिव उद्धव रिजाल आए पनि छोटो समयमै सरुवा भए । अहिले त्यहाँ अधिकृतस्तरको कर्मचारी लालबहादुर मल्ल प्रमुख प्रशासकीय अधिकृतका रुपमा काम गरिरहेका छन् । खाडाचक्र नगरपालिकामा जिल्ला विकास समितिका छैटौँ तहका कर्मचारी प्रवलजङ शाहीलाई जिम्मेवारी निर्वाह गरिरहेका छन् ।

रास्कोट नगरपालिकाले पशु सेवातर्फका सातौँ तहका प्राविधिक जवानसिंह बमलाई विगत पाँच वर्षदेखि कार्यालय प्रमुखको जिम्मेवारी भएर काम गरिरहेका छन् भने सान्नीत्रिवेणी गाउँपालिकामा पनि पशु सेवातर्फका पाँचौँ तहका प्राविधिक नेत्रबहादुर शाही कार्यालय प्रमुख भएर काम गरिरहेका छन् ।

पलाँता, नरहरिनाथ, महाँवै र शुभकालिका गाउँपालिकामा पनि पाँचौँ तहका कर्मचारीले कार्यालय प्रमुख भएर कामकाज गदै आएका छन् । कर्मचारी पनि खासै दुर्गममा बस्न नचाहने समस्याका कारण कार्यालयहरु प्रमुखविहीन बनेको रास्कोट नगरपालिकाका प्रमुख धर्मराज शाहीले बताए ।

प्रकाशित मिति : १४ मंसिर २०८०, बिहिबार  २ : ०८ बजे