प्रधानमन्त्रीले गरे अबुधावीस्थित नेपाली दूतावासको निरीक्षण



काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ले अबुधावीस्थित नेपाली राजदूतावासको निरीक्षण भ्रमण गरेका छन् ।

कोप–२८ मा सहभागी हुन युएई पुगेका प्रधानमन्त्री प्रचण्डले त्यसक्रममा नेपाली समुदायको हितमा भएरगरेका काम कारबाहीको जानकारी लिएका छन् ।

उनले दूतावासका अधिकारीहरुलाई सेवाप्रवाह अझ प्रभावकारी बनाउन निर्देशन समेत दिएका छन् । प्रधानमन्त्री प्रचण्ड कोप–२८ मा भाग लिन बुधबार राति दुबई गएका हुन् ।

प्रकाशित मिति : १४ मंसिर २०८०, बिहिबार  ४ : १७ बजे