मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नक्कली भुटानी शरणार्थी प्रकरणको सुनुवाइ सकियो, भोलि निर्णय हुने



काठमाडौँ, १४ मङ्सिर । उच्च अदालत पाटनमा यही मङ्सिर ५ गतेदेखि सुरू भएको नक्कली भुटानी शरणार्थी प्रकरणको सुनुवाइ सकिएको छ ।

न्यायाधीशद्वय प्रकाश खरेल र जनक पाण्डेको इजलासमा आज सुनुवाइ सकिएको र भोलि निर्णय हुनसक्ने उच्च अदालत पाटनका प्रवक्ता तीर्थराज भट्टराईले  जानकारी दिए । 

जिल्ला अदालत काठमाडाँैले सुनाएको थुनछेक आदेशविरुद्ध दायर गरिएको पुनरावलोकन निवेदनमाथिको सुनुवाइ सकिएर अदालतले शुक्रबार निर्णय सुनाउने भएको हो ।

प्रकाशित मिति : १४ मंसिर २०८०, बिहिबार  ६ : २२ बजे