काठमाडौँ, १४ मङ्सिर । उच्च अदालत पाटनमा यही मङ्सिर ५ गतेदेखि सुरू भएको नक्कली भुटानी शरणार्थी प्रकरणमा शुक्रबार फैसला सुनाउदैछ।
उक्त प्रकरणमा न्यायाधीशद्वय प्रकाश खरेल र जनक पाण्डेको इजलासमा हिजो सुनुवाइ सकिएको हो ।
जिल्ला अदालत काठमाडाँैले सुनाएको थुनछेक आदेशविरुद्ध दायर गरिएको पुनरावलोकन निवेदनमाथिको सुनुवाइ सकिएर अदालतले शुक्रबार निर्णय सुनाउने भएको हो ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले २० जनालाई पक्रकोे थियो भने जसमध्ये १७ जनालाई पुर्पक्षका लागि थुनामा र तीन जनालाई धरौटीमा छाड्न जिल्ला अदालत काठमाडौंले आदेश दिएको थियो।














