मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

उपप्रधानमन्त्री खड्का घाना हिँडे



काठमाडौं । उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्का अन्तर्राष्ट्रिय शान्ति स्थापनासम्बन्धी संयुक्त राष्ट्रसंघको मन्त्रीस्तरीय सम्मेलनमा भाग लिन घाना गएका छन् । अन्तर्राष्ट्रिय शान्ति स्थापनासम्बन्धी संयुक्त राष्ट्रसंघको मन्त्रीस्तरीय सम्मेलनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्वको गर्दै उनी गएराति त्यसतर्फ गएका हुन् ।

संयुक्त राष्ट्रसंघले प्रत्येक वर्ष आयोजना गर्ने सम्मेलन यो पटक अफ्रिकी राष्ट्र घानाको राजधानी आक्रामा यही मङ्सिर १९ र २० गते हुँदैछ । सम्मेलनमा अन्तर्राष्ट्रिय शान्ति स्थापनामा योगदान गर्ने सदस्य राष्ट्रका तर्फबाट राष्ट्रसंघ शान्ति स्थापनालाई सहयोग पु¥याउन सक्ने विभिन्न नौ क्षेत्रका प्रतिबद्धता प्रस्तुत गरिनुका साथै शान्ति स्थापनासम्बन्धी समस्या तथा चुनौती र तिनको समाधानबारे प्रस्तुति र छलफल हुने जनाइएको बताइएको छ ।

सम्मेलनमा उपप्रधानमन्त्री खड्काले नेपालका तर्फबाट सम्बोधन गर्नेछन् । त्यसैगरि सम्मेलनका अवसरमा उपप्रधानमन्त्री खड्कासँग संयुक्त राष्ट्रसंघका उपमहासचिव अतुल खारे, जिन पियरर ल्याक्क्रोइक्सले शिष्टाचार भेट कार्यसूची रहेको रक्षामन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

भ्रमणका क्रममा मन्त्री खड्काले अन्य राष्ट्रका रक्षा तथा सुरक्षा प्रमुखगँग उच्चस्तरीय भेटघाट तथा द्विपक्षीय सहयोगका विषयमा छलफल गर्ने जनाइएको छ ।

प्रकाशित मिति : १८ मंसिर २०८०, सोमबार  ९ : ५२ बजे