मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

माथिल्लो मुगु र रारा क्षेत्रमा भारि हिमपात



मुगु, १८ मङ्सिर । हिमाली जिल्ला मुगुका विभिन्न उच्च स्थानमा यस वर्षको सुरुवाती हिमपात हुन थालेको छ । आइतबार रातिबाट बदली हुँदै गएपनि आज बिहानैदेखि उच्च भुभागमा हिउँ र बेँसीमा पानी पर्न सुरु गरेको हो ।

मुगुम कार्मारोङ गाउँपालिकामा पर्ने यार्सा पाटन, कोइकी हिमाल मुगु र डोल्फु क्षेत्रमा हिमपात सुरु भएको डोल्फु गाउँका नेग्मा सेराव लामाले जानकारी दिए । उनका अनुसार प्रमुख पर्यटकीय क्षेत्र रारा र मुर्माटपमा पनि बिहानैदेखि हिउँ पर्न सुरु भएको र चिसो असाध्यै बढेको छ । 

रारा घुम्न आएका पर्यटन हिमपात तथा पानीले हवाई र स्थलमार्ग बन्द हुनसक्ने भन्दै बिहानै यहाँबाट घरतर्फ जान तरखर गरेका रारा राष्ट्रिय निकुन्जका रेन्जर हिमाली खत्रीले जानकारी दिए । जिल्लाका अन्य क्षेत्र बुलबुले, सात ताल, दूधताल, चन्खेली, बाम, रिणिमोक्क्ष, खेस्मालिका, सोरुकोटमा पनि हिउँ पर्न सुरु गरेको खबर प्राप्त भएका उनले बताए । 

मुगु जिल्लाको एक मात्र हवाई सेवा रहेको ताल्चा विमान स्थलमा बन्द भएको छ भने हिँउ पर्दा स्थानिय कृषकहरु निकै खुसी भएका छन् ।मुगु जिल्लाका मुगमकामारोङ गाउँपालिकामा रहेका मुगु,डोल्फु,किम,मह,दाउरा,सेरोक बस्ति ,सोरु गाँउपालिकाको सोरुकोट,धैन,काल,ैखनार्या ,रुम ,खत्याड गाउँपालिकाको खमाले,सेरि,श्रीकोट,लुमेरा लगाएतका बस्तसहरुमा हिउँ परेको छ भने , छायानाथ रारा नगरपालिकाको बाम ,थार्प,पिना ताल्चा,तुुम,रोवा ,सोभा लगाएतका बस्तीहरुमा बाक्लो हिमपात परेको छ ।

गत बर्ष भन्दा यो बष हिउँ पानी छिटो परेको हो । आईतबार राति परेको हिमपात हुदा जिल्लाको एक मात्र ताल्चा विमान स्थलमा सेवा बन्द भएको हुदा सुर्खेत नेपालगन्ज र काठमाडौं जाने सयौं यात्रुअलपत्र परेका छन । नेपालको सुन्दर अनि ठूलो पर्यटकको केन्द्र रारा ताल अथार्त महेन्द्र ताल गए राति बाट परेको हिमापातले चाँदीले घेरेको जस्तो सेताम्मेही रारा ताल देखीएको छ ।

प्रकाशित मिति : १८ मंसिर २०८०, सोमबार  ५ : २० बजे