मंसिर १९, काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरवको भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको अनुगमन एवं अवलोकन गरेका छन् ।
महाकाली—मेची अभियानका क्रममा मंगलवार बिहान उनले भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको अनुगमन एवं अवलोकन गरेका हुन् अवलोकनपछि उनले आयोजनाको गुणस्तरमा सम्झौता गर्नु नहुने बताए । उनले काममा केही ढिलाइ भएको बताउँदै काम ढिलोचाँडो सम्पन्न हुने प्रतिवद्धता जनाउदै गुणस्तरमा गरिने सम्झौताले ठूलो दुर्घटना निम्त्याउने भएकाले कुनै सम्झौता नगर्न आग्रह गरे ।
उनले भने, ‘यो आयोजनाको ट्रनेलको ब्रेक थ्रु पनि हामीले जति कठिनाइ छ भन्ने ठानेको तर हाम्रो वैदिशक प्रविधि पनि भयो र वैदेशिक रेलिङ मेसिन पनि भयो । हाम्रा इन्जियिनर र हाम्रा काम गर्ने साथीहरु सबैको प्रयासबाट ट्रनेल ब्रेक थ्रु सयमा भयो । ३ वर्षअद्धि नै ट्रनेल ब्रेक थ्रु गरिएको हो । यो आयोजना कोभिड पनि ढिला गरेको हो । तर त्यो भन्दा बढी हाम्रो नेपालीहरुको काममा ढिलाइ गर्ने चलन भएको छ । तर यसलाई गति दिनुपर्छ । जे होस् काम भइरहेको छ । यो सम्पन्न हुन्छ । यसको पनि प्रगति विवरणबारे जान्न चाहेका हौँ । यहाँको कामको गुणस्तरमा कम्परमाइज गर्न मिल्दैन, किनभने यो प्रकृतिसँगको कारोबार छ । यसमा अलिकति मात्रै लापरवाही भयो भने राम्रो हुँदैन । यसमा एकदम राम्रोसँग काम अघि बढाउनुपर्छ । गुणस्तरमा कम्परमाइज गर्नु हुँदैन, यो प्रकृति, खोला, जमिनसँगको कारोबार हो । यसमा गुणस्तरमा कम्परमाइज गर्न मिल्दैन, त्यसले ठूलो दुर्घटना निम्त्याउँछ । यथाशिघ्र सम्पन्न गर्न सबैको ध्यान जाओस् ।’
भेरी बबई डाइभर्सनको हालसम्म ३५ प्रतिशत काम सम्पन्न भएको बताइएको छ ।














