काठमाडौं,२२ मंसिर । काठमाडौंको नागढुंगाबाट २ केजी सुन बरामद भएको छ भने ३ जना पक्राउ परेका छन् ।
रसुवाबाट काठमाडौंतर्फ आउँदै गरेको गाडीबाट २ किलो सुनसहित ३ जनालाई शुक्रवार पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ । यसबारे थप विषय खुल्न बाँकी रहेको प्रहरीको भनाइ छ ।
गएराति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १४ किलो सुन बरामद भएको थियो । फ्लाई दुबईको उडान नम्बर एफजेड– ५७३ बाट राति ११ः४० बजे काठमाडौँ उत्रेका गोरखाका मीनबहादुर घलेलाई विमानस्थल भन्सारले सुसहित पक्राउ गरेको हो ।