कांग्रेसले थाल्यो मुखपत्र नेपाल पुकारको पुनः प्रकाशन



काठमाडौँ । नेपाली कांग्रेसको मुखपत्र ‘नेपाल पुकार’ पुनः सार्वजनिक भएको छ ।आइतबार पार्टी कार्यालय सानेपामा आयोजित कार्यक्रममा कांग्रेस सभापति शेरबहादुर देउवाले नेपाल पुकार त्रैमासिकको २०५४ सालमा बन्द भएपछिको पहिलो अंक लोकार्पण गरेका हुन् ।

२००४ मा कांग्रेस स्थापना हुनुभन्दा पहिलेदेखि छापिँदै आएको ‘नेपाल पुकार’ विसं २०५४ देखि बन्द भएको थियो ।कार्यक्रममा पार्टी सभापति शेर बहादुर देउवाले, नेपाल पुकारको पुन प्रकाशनले पार्टीका विचार सम्प्रेषणमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

‘यो नेपाल पुकार पत्रिका धेरै वर्षपछि फेरि नेपाली कांग्रेसले ‘नेपाल पुकार’को सुरुवात गर्न गइरहेको छ । विश्वास छ नोपली कांग्रेसका सबैले यो पत्रिका पढ्ने छन् । त्यसपछि नेपाली कांग्रसप्रति धारणा पनि बनाउने छन् ।’ उनले भने ।

त्यस्तै उपसभापतिसमेत रहेका कानूनमन्त्री धनराज गुरुङ्ले, मुखपत्र प्रकाशनपछि सुशासनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । ‘आज नेपालमा, नेपाली राजनीतिमा सुशासनको खडेरी परेको छ । त्यसकारणले गर्दा नेपाललाई फेरि सुशासनमा फर्काउनको लागि अर्को अंक आउन सक्नुपर्छ । ’

प्रकाशित मिति : मंसिर २४, २०८० आईतबार  ७ : १६ बजे