मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चुरेका गिट्टी–बालुवा निकासी खुलाउने विधेयक फिर्ता गर्न जसपाको माग



काठमाडौं । जनता समाजवादी पार्टी नेपालले चुरे क्षेत्र उत्खनन गरी गिट्टी–बालुवा निकासीको बाटो खोल्न तयार विधेयक फिर्ता लिन सरकारलाई आग्रह गर्ने भएको छ । सोमबार राजधानीमा भएको पार्टीको केन्द्रिय कार्यकारिणी समितिको बैठकले यस्तो निर्णय गरेको प्रवक्ता मनीषकुमार सुमनले बताए ।

‘चुरे उत्खनन गरेर गिट्टी बालुवा निकासी सम्बन्धी सरकारले जुन विधेयक तयार गरेको छ, त्यसलाई तत्काल फिर्ता लिन हामीले सरकारसँग आग्रह गर्ने निर्णय ग¥यौं,’ उनले भने, ‘यस्तै एनसेलको शेयर प्रकरणमा हुने खरिदबिक्री तत्काल रोकी त्यसको निष्पक्ष छानबीन गरेर दोषी ठहरिएकालाई कारबाही गर्न सरकारलाई आग्रह गर्ने निर्णय ग¥यौं ।’

प्रकाशित मिति : २५ मंसिर २०८०, सोमबार  ७ : ४२ बजे