मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

धनुषा पुगेर देउवाले भने – संघीयता सफल पार्नुपर्छ



मंसिर २५,काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संघीयतालाई सफल पार्नुपर्ने बताएका छन् । सोमवार धनुषामा नेपाली काँग्रेस धनुषा क्षेत्र नं। २ का पूर्वक्षेत्रीय सभापति राजकिशोर सिंह राजपुतको शालिक अनावरण कार्यक्रममा बोल्दै सभापति देउवाले संघीयतालाई सफल पार्नुपर्ने बताएका हुन् ।

उनले देशमा देखिएका समस्याहरुलाई राष्ट्रिय सहमतिमा समाधान गर्नुपर्ने बताउदै समस्याहरुलाई राष्ट्रिय सहमतिमा समाधान गरेमा संघीयता कार्यान्वयनमा सजिलो हुने धारणा राखे ।

उनले भने – ‘नेपाल संघीयतामा गइसकेको छ । यो संघीयतालाई सफल पार्नुपर्छ । समस्याहरुलाई राष्ट्रिय सहमतीमा समाधान गरे संघीयता कार्यान्वयनमा सजिलो हुन्छ । अझ बढी सफल हुन्छ भन्ने मेरो धारणा छ ।’

त्यस्तै कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका नेता तथा सांसद विमलेन्द्र निधीले राजनीतिक, आर्थिक, विकास निर्माण तथा अधिकारको कुरा माग्न काठमाडौं जानु नपर्ने अवस्था आउनुपर्ने बताए । उनले सबै समस्याको समाधान प्रदेश तहबाटै हुनेगरी अधिकार हस्तान्तरण हुनुपर्ने भन्दै प्रहरी संगठन र कर्मचारी प्रशासन छिटोभन्दा छिटो प्रदेशको मातहतमा ल्याउनुपर्ने बताए ।

प्रकाशित मिति : २५ मंसिर २०८०, सोमबार  ७ : ५१ बजे