मंसिर २६,काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टीले देश र जनताको हितको पक्षमा समृद्धिका लागि संकल्प यात्रालाई अघि बढाएको बताएका छन् ।
देश र जनताको हितका लागि विकासको अभियानलाई तिब्रता दिन एमालेले सो संकल्प यात्रा शुरु गरेकाले त्यसमा सबैले साथ दिनुपर्ने ओलीको भनाई थियो । मंगलवार ओलखढुंगाको हर्कपुरमा आयोजित सभामा बोल्दै उनले देश र जनताको हितमा एमालेले राष्ट्रव्यापी रुपमा अभियान सञ्चालन गरेकाले त्यसबाट कसैले पनि चित्त दुखाउनुपर्ने अवस्था नरहेको जिकिर समेत गरे । अध्यक्ष ओलीले एमालेले मुलुकलाई समृद्ध बनाउन मिशन–२०८४ पूरा गर्ने अठोट लिएको पनि दोहोर्याए ।
उनले भने, ‘यो वास्तवमा देश जाग्न प¥यो । तपाईहामी जाग्न प¥यो । जागेर हामीले देश बनाउने यस अभियानमा हामी सबै सरिक हुनुपर्छ त्यसका निम्ति । यो कसैको बिरुद्ध होइन । देशको पक्षमा, जनताको पक्षमा, विकासको पक्षमा यो अभियान हो । त्यसकारण यसमा कसैले चित्त दुखाउनुपर्ने आवश्यक्ता छैन । यहाँहरुको सजगता हामीले यहाँ आइपुग्दा जुन पायौँ । म त्यसका निम्ति धन्यवाद भन्न चाहन्छु । राष्ट्र निर्माणको अभियानमा सहभागी हुन आम जनतालाई अपिल र आग्रह गर्न चाहन्छु ।’
अध्यक्ष ओलीले राष्ट्र निर्माणको अभियानको नेतृत्व एमालेले लिने दाबी गर्दै त्यसमा साथ दिन पनि सबैलाई अपिल गरे ।














