काठमाडौँ( नेपाली नागरिकलाई नक्कली भूटानी शरणार्टी बनाएर ठूलो रकम ठगी गर्ने गिरोहमा संलग्न भएको कसुरका अभियुक्त पूर्वगृहमन्त्रीसमेत रहेका कांग्रेस नेता बालकृष्ण खाण थुनामुक्त भएका छन्।
पाटन उच्च अदालतको आदेश अनुसार अदालतमा ३० लाख बुझाएका उनी सम्पत्ति शुद्धीकरण विभागमा १५ लाख बुझाएर रिहा भएका हुन्।
नक्कली शरणार्थी प्रकरणमा मुछिएकाहरूलाई विभाग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत मुद्दा चलाइने सरकारी वकिलको कार्यालयको निर्णयअनुसार उनलाई ती निकायमा लगिएको थियो। अख्तियारले खाणालाई साधारण तारेखमा छाड्ने निर्णय गरेको थियो।
नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने नाममा ठगेको आरोपमा प्रहरीले खाणलाई २७ वैशाखमा पक्राउ गरेको थियो ।
पाटनका न्यायाधीश जनक पाण्डेले खाणलाई ३० लाखमा छाड्न आदेश गर्दा उनीसँगै बेन्च सेयर गरेका न्यायाधीश प्रकाश खरेल असहमत भएका थिए। यो विषयलाई बिहीबार न्यायाधीश कृष्णराम कोइरालाले छिनोफानो गरिदिँदै खाणलाई ३० लाखमा छाड्न सहमत भएका थिए।














