पहाडी क्षेत्रको सदुपयोग गर्न नसक्दा देश गरिबीको मारमा परेको छः ओली



मंसिर २९,काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पहाडी क्षेत्रको सदुपयोग गर्न नसक्दा देश गरिबीको मारमा परेको बताएका छन् ।

शुक्रवार तेह्रथुममा आयोजित महाकाली–मेची अन्तर्गतको पार्टीको सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले नेपाल मुलतः पहाडी देश भएपनि यसको उचित सदुपयोग गर्न नसकेको बताए ।

ओलीले कृषिको आधुनिकीकरण,व्यवसायीकीकरण,वैज्ञानिक ढंगले आधुनिक प्रविधिको प्रयोग गरेर खेती किसानी गर्न जरुरी रहेको भन्दै उत्पादनका लागि प्रविधिको प्रयोग गर्न जरुरी रहेको बताए ।

उनले भने, ‘वास्तवमा हाम्रो देश मुलतः पहाडी देश हो । आधा भन्दा बढी जनसंख्या भएको पहाड, भूभाग पनि प्रशस्त भएको पहाड, तर त्यसको सदुपयोग गर्न नसकेर हामी गरिवीको मारमा परेका छौँ । त्यसको सदुपयोग गर्न आवश्यक छ । कृषिको आधुनिकीकरण गर्न, व्यवसायीकीकरण गर्न जरुरी छ, वैज्ञानिक ढंगले, तरिकाले आधुनिक प्रविधिको प्रयोग गरेर खेती किसानी गर्न जरुरी छ । पुरानै ढंगले होइन । खेतीपाती,, फलफूल, बालबालिका, पशुपालन, वा अरु विषयका लागि हामीले उत्पादनका लागि प्रविधिको प्रयोग गर्नुपर्नेछ ।’

प्रकाशित मिति : मंसिर २९, २०८० शुक्रबार  ७ : ५८ बजे