समाचारमा मात्रै केन्द्रित भएर प्रिन्टेड मिडियाहरु अब सञ्चलन हुन सक्दैनन्ः मन्त्री शर्मा



पौष १,काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले समाचारमा केन्द्रित भएर मात्रै अब प्रिन्टेड मिडियाहरु सञ्चलन हुन नसक्ने बताएकि छन् ।

आईतवार काठमाडौंमा द राइजिङ नेपालको ५८ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएकि हुन् । उनले न्युज बेस भएर प्रिन्टेड मिडिया सञ्चालन हुन नसक्ने भएकाले अबका दिनमा प्रिन्टेड मिडियाले विशेष विषयवस्तुको लिडिङ गरेर प्रिन्टेड मिडिया सञ्चालन गर्न आवश्यक रहेको बताइन् ।

उनले सूचना तथा प्रविधिमा आएको परिवर्तन हेरेर त्यसैअनुसार अघि बढ्न जरुरी रहेको भन्दै सूचना जनतासमक्ष लैजाने एउटा पाटो भएपनि जनताको कुराहरु र गुनासाहरु सकारसम्म पु¥याउने काम पनि सञ्चारमाध्यमको भएको बाताइन् । मन्त्री शर्माले जनतासम्म सरकारले गरेका निर्णयहरु पु¥याउने काम पनि सञ्चारमाध्यमको भएको बताइन् ।

उनले भनिन्, ‘अहिले आउँदा प्रिन्टेड मिडिया खासगरी पनि सरकारी मिडिया हामीले विगतमा कुन सन्दर्भमा यो स्थापना भयो । कसरी अघि बढ्दै गयो । आज हामी कुन ठाउँमा छौँ भन्नेकुराको राम्रो समीक्षा नगर्ने हो भने हामी साच्चै नै सस्टेन गर्न गाह्रो छ । अघि बढ्न गाह्रो छ । हामी अघि बढ्न सक्दैनौँ । अहिले सूचना तथा प्रविधिमा आएको व्यापक परिवर्तन र हाम्रो सामाजिक चेतनामा आएको परिवर्तन, हाम्रो नेपाल्ी चेतनामा आएको परिवर्तन सबैकुरा हेरेर हामी अघि बढ्न जरुरी छ । समस्या जुन आएका छन्, त्यसको समाधान पनि सँगै छ । समस्या समाधान बोकेर आउँछ । सरकारी मिडियाको सन्दर्भमा भन्दा सूचना जनतासमक्ष लैजाने हाम्रो एउटा पाटो हो । तर जनता के चाहन्छन् रु भन्नेकुरा सरकारसम्म पु¥याउने कुरा पनि हो । जनताले सरकारप्रति गरिरहेको अपेक्षा के हो रु भन्नेकुराको जनताको लेभलबाट समीक्षाको काम पनि हो । यो दोहोर बनाउनुपर्छ, एकोहोरो बनाउनु हुँदैन । सरकारले गरेका कामहरु जनतासमक्ष लैजाने र जनताले चाहेका कुरा सरकारसम्म ल्याउने काम गर्नुपर्छ । सरकारले गरेका कामका गुनासाहरु पनि छन् भने ती कुरालाई व्यवस्थित ढंगले सरकारसमक्ष ल्याउनुपर्छ । हाम्रो प्रिन्टेड मिडिया चल्दै आयौँ, त्यसरी अब चल्न सक्दैन । अबका प्रिन्टेड मिडिया न्युज बेसिसमा गएर चल्दैनन् । न्युज त हाम्रो हातहातका मोबाइलमा जान्छ । अनलाइनहरु, युट्युबहरु छन् । त्यसबाट हेर्छौं । मिनेट मिनेटका न्युज हातका मिडियाबाट हेर्छौं । न्युज बेसिसमा गएर प्रिन्टेट मिडियाँ चलाउन सकिँदैन । खास विषयवस्तु, कुनै न कुनै विषयवस्तुको लिडिङ कार्यक्रम मिडियामा चाहिन्छ । त्यो प्रिन्टेट मिडियाले लिड गर्न सक्नुपर्छ ।’

प्रकाशित मिति : पुस १, २०८० आईतबार  १ : ४८ बजे