काठमाडौं । सर्वोच्च अदालतको न्यायधीशमा प्रस्तावित ६ जनालाई संसदीय सुनुवाई समितिले स्वीकृति दिएको छ ।
बुधबार न्यायाधीशहरू सारङ्गा सुवेदी, अब्दुल अजिज मुसलमान, टेकप्रसाद ढुङ्गाना, सुनिल पोखरेल, बालकृष्ण ढकाल र महेश शर्मा पौडेललाई समितिले सर्वसम्मतिले अनुमोदन गरेको हो ।
प्रतिनिधि सभा अन्तर्गत संसदीय सुनुवाई समितिको आजको बैठकले प्रस्तावित ६ जना यायाधीशलाई सर्वसम्मतिले अनुमोदित गरेको समितिका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले जानकारी दिएका छन् ।














