मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

लुम्बिनीमा थपिए दुई मन्त्री, आज शपथ



बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले मन्त्रिपरिषद् विस्तार गरेका छन् । उनले माओवादी केन्द्र र आफ्नै दल नेपाली कांग्रेसबाट थप १–१ जनालाई मन्त्री बनाएका हुन् । माओवादी केन्द्रबाट कृष्णा केसी र कांग्रेसबाट रोज राणा भनेर चिनिने सरोज थापा मन्त्री नियुक्त भएका छन् ।

आइतबार विहान ९ बजे उनीहरूलाई प्रदेश प्रमुख अमिक शेरचनले शपथ ग्रहण गराउने कार्यक्रम रहेको सरकारका प्रवक्ता एवम् गृहमन्त्री सन्तोष पाण्डेयले जानकारी दिए ।

उनका अनुसार मुख्यमन्त्री चौधरीले बाँकेकी केसीलाई खानेपानी ग्रामीण तथा सहरी विकास मन्त्रालयको जिम्मेवारी दिएका छन् भने प्युठानका थापालाई उद्योग पर्यटन तथा यातायात व्यवस्था मन्त्रायलयको जिम्मेवारी तोकिएको छ । गत जेठमा ७ सदस्यीय मन्त्रिपरिषद् विस्तार गरेका चौधरीले दुई मन्त्री थपेपछि अब मन्त्रिपरिषद् ९ सदस्यीय बनेको छ ।

प्रकाशित मिति : ८ पुस २०८०, आइतबार  ९ : १६ बजे